धरान / विश्व वातावरण दिवशको अवसरमा धरान २० स्थित जैविक विविधता पार्क भित्र धरान खानेपानी व्यवस्थापन वोर्डले ४ हजार ४ सय ६४ थान विभिन्न जातका विरुवा रोपेको छ ।
वुधवार विहान धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मन्जु भण्डारीलगाएत धरान ६ र १६ का वडाध्यक्ष, सदस्य तथा वनका पदाधिकारीहरुको रोहवरमा पहिलो चरणमा रुद्राक्ष र शिरिसको फुलका विरुवाहरु रोपेर उदधाटन गरिएको छ ।
२०३५ सालमा जलाधार सरक्षणको लागी उठान गरिएको साविक तामाड वस्ती अर्थात वनियाटारमा रहेको ५ विगाह जमिनमा सो वृहत वृक्षारोपणको कार्यक्रम आज औपचारीक रुपमा शुरु गरिएको हो ।
जैविक विविधता पार्कका अभियन्ता आनन्द श्रेष्ठले झण्डै ५ हजार विभिन्न जातका विरुवाहरु रोपण हुने सो वन क्षेत्रलाई जगलको रुपमा मात्र नभएर २ सय प्रजातिका वोट विरुवा सहितको जैविक विविधतायुतm आकर्षक वन लगाउने योजना रहेको वताए ।
सोहि विहान विश्व वातावरण दिवश मनाउन ओशो आश्रममा भेला भएका स्थानीय लाली गुँरास आमा समुह, जानकी चोक टोल सुधार समिति र सैनिक महाविधालयका शिक्षक विधार्थीहरुले सर्दु खोला र जैविक विविधता पार्कको सरसफाई गरेका थिए । प्रदेश वन निर्देशनालयको सहयोगमा वातावरण तथा पर्यटन विकाश केन्द्र(सेड नेपाल)ले आयोजना गरेको सो कार्यक्रममा सव डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामा, स्थानिय सामुदायिक वनका प्रतिनिधी गौतम श्रेष्ठ ,प्रदेश वन निर्देशनालयका अधिकृत योगेन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।