बेलबारी / विश्व वातावरण दिवसको अवसरमा मोरङको सुन्दरहरैंचामा बुधवार नगर सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।
सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा चौविसे समाजद्धारा आयोजित कार्यक्रममा नगरमा रहेका सामाजिक संघ संस्था, विद्यालय तथा सुराक्षाकर्मीहरुको सहभागिता रहेको थियो । सिदार्थ इङलिस स्कूल र वाल प्रतिभा इङलिस स्कुलले खोर्साने चोकमा राखिएका गमला र फुल सौजन्य गरेका थिए ।
स्वस्थ्य वायु , स्वस्थ्य जीवन भन्ने मुख्य नाराका साथ आयोजना गरिएको कार्यक्रममा सुन्दरहरैंचाका उपमेयर धना तामाङले उद्घाटन गरेकी थिइन् । प्याव्सन मोरङ जिल्ला अध्यक्ष अर्जुन बस्नेतलगायत स्थानीय जनप्रतिनिधिहरु अतिथि रहेका थिए ।
सरसफाई अभियान खोर्साने चोकदेखि सलकपुरसम्म गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष पूर्णप्रसाद ढकालको सभापतित्व र सचिव खगेन्द्र सुवेदीले संचालन गरेका थिए ।