धरान / वित्तिय संस्था जिवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदार धरान–५ स्थित साउनेबाट पैसा कलेक्सन गरेर धरान फर्कदैं गर्दा पानवारीमा उनी लुटिएका हुन् ।

साथमा रहेको नगद ४ लाख १० हजार लुटिए पछि प्रतिकार गर्दा उनीमाथि गोली प्रहार भएको छ । उनको संस्थाको कार्यालय धरान–१० बालिका मोडमा रहेको छ । उनको घर मोरङको धनपालथान गाउँपालिका–२ मा रहेको छ । वायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोली लागेका गच्छेदारको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठान प्रहरी पोष्टका इञ्चार्ज सई दुर्गा पराजुलीले जानकारी दिए ।  उनी काे१८ प ५२९४ नं.काे माेटरसाइकलमा अाउदैं  थिए ।
यसरी भयो घट्ना
म साउनेबाट धरान कार्यालय फर्कदैं थिए । बाटोमा तीन जना युवा केटा एउटा स्कुटीमा उभिएका थिए र रोकेर लिफ्ट मागे । रोक्ने वितिकै ममाथि आइलागे । कुटपिट गरे । मसँग भएको पैसा लगेर गए । ढुङ्गाले प्रतिकार गरे । भाग्दैं गर्दा लुटेराले गोली प्रहार गरे , दुई गोली मेरा कम्मर र कुहिनामा लाग्यो । दुई वटा गोलीबाट जोगिए । केही पर सम्म आफै मोटरसाईकल चलाएर आए रगत धेरै बगे पछि बट्वासँग सहयोग मागे ।

घट्ना पछी धरानको सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । धरानबाट अन्यत्र जाने चारैतिरका नाकामा प्रहरीले चेकपोइन्ट थापेर लुटेराको खोजी गरिरहेको छ ।