धरान । धरानमा आज दिन दाहडै बैकका कर्मचारी माथि गोली प्रहार भएको छ । जिवन विकास संस्था बैकको कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली प्रहार गरि उनको साथमा भएको नगद लुटेको इलाका प्र्हरी कार्यालय धरानले जनाएको छ । उनी पानवारीबाट धरान आउदैं गरेका थिए ।
उनको बीपीस कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनको बाया कम्मरको माथिल्लो भाग र कुइनामा दुई वटा गोली लागेको प्रतिष्ठान प्रहरी पोष्ठले जनाएको छ ।
गच्छदारसँग भएको ४ लाख नगद लुटिएको बताइएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् ।
घट्ना पछी धरानको सुरक्षा व्यवस्था कडा बनाइएको छ । धरान प्रदेश गनेृ चारैतिरको नाकामा प्रहरीले चेकपोइन्ट थापेको छ । रातो स्कुटी प्रहरीको निगरानीमा परेका छन् ।