Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन

विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन

alt
  • जेठ ११, २०७६
  • रासस

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । दश महीनाको अवधिमा लक्ष्यमा ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा सो अवधिमा रु २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु २५ अर्ब ३४ करोड ५६ लाख ८४ हजार राजश्व सङ्कलन गरेको थियो ।

गत वर्षको तुलनामा चालू आवको सो अवधिमा रु छ अर्ब ४१ करोड १५ लाख ९० हजार बढी राजश्व सङ्कलन भएको हो । राजश्व सङ्कलनको स्थिति हेर्दा गएको वर्षमा साउन र भदौ महीनाबाहेक प्रत्येक महीनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको देखिन्छ भने चालू आवमा साउन महीनामा १००.६८ प्रतिशत र असोज महीनामा १३३.५६ प्रतिशत प्रगति भए पनि अन्य महीनामा राजश्व सङ्कलनमा गिरावट आएको देखिन्छ । लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न कार्यालयलाई बाँकी दुई महीनामा कठिन यात्रा गर्नुपर्ने अवस्था देखिन्छ भने लक्ष्यमा पुग्न रु १० अर्ब ७७ करोड ४६ लाख ४४ हजार राजश्व उठाउनुपर्ने स्थिति छ ।

राजश्व सङ्कलनको स्थिति हेर्दा अब कार्यालयले दुई महीनामा रु छ अर्बभन्दा बढी उठाउन सक्ने अवस्था छैन । लक्ष्यअनुसारको प्रगति नभएको जिज्ञासामा कार्यालयका निमित्त प्रमुख मणिराम पौडैलले विभागको महत्वाकाक्षी लक्ष्य र यो नाकाबाट आयात ह्वातः घट्नु हो भने । गएको वर्षको तुलनामा सो अवधिमा २५ प्रतिशत राजश्व बढी सङ्कलन भएको छ भने ।

चालू आवमा वैशाख महीनासम्ममा कूल रु २१ अर्ब २१ करोड १० लाख ७१ हजार मूल्य बराबरको सामान निकासी र रु एक खर्ब ३६ अर्ब ११ करोड ७१ लाख ७८ हजार मूल्य बराबरको सामान पैठारी भएको छ । गएको वर्षमा सो अवधिमा निकासी रु २० अर्ब १० करोड सात लाख ६० बराबरको र पैठारी रु एक खर्ब १८ अर्ब १० करोड ५६ लाख ३३ हजार मूल्य बराबरको सामान पैठारी भएको थियो ।

विराटनगर भन्सारदेखि भारत तथा समुन्द्रपार निकासी वस्तुमा पिना, भेनीयर सीट, वनस्पति उत्पादनहरु, चोकर भुस, खजुरको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, बोरा र झोला, अन्य रेशाको कपडा, जिआई वायर रहेका छन् । त्यस्तै भारत तथा समुन्द्रपार पैठारी वस्तुमा हाइस्पीड डिजेल, एमएस विलेट, तयारी कपडा, पेट्रोल, पोलिथिन दाना, सिआर सीट, स्टील वायर रड इन क्वायल र एमएससम्म, एल पि ग्यास, एच.आर.सीट र सिमेन्ट क्लिङ्कर छन् । 

सम्बन्धित समाचार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ

भद्रपुर । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजना ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरा ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved