धरान / उद्योग बाणिज्य महासंघ र सुनसरी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा संचालित तीनदिने कर व्यबस्थापनकालागि लेखा तालिम बुधबार सम्पन्न भएको छ । तालिममा लेखा व्याबसाय गर्ने सुनसरीका २० जनाको सहभागिता रहेका थिए । तालिममा महिला सहभागिता पुरुषको भन्दा बढी थियो ।
उवा महासंघका बरिष्ठ कर अधिकृत सीता घिमिरेले सहजीकरण गरेको तालिममा सहभागिलाई चार्टड एकाउन्टेन्ट ज्ञानेन्द्रवहादुर भारीले, मुरलीधर तिवारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरुले तालिममा खरिद विक्रि खाताको रेकर्ड राख्न, विजक जारी गर्न, लेखा प्रणाली चुस्त दुरुस्त पारदर्शी बनाउन सिकेको प्रशिक्षार्थी सुदिप लम्सालले बताए ।
उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न समापन समारोहमा आन्तरिक राजश्व कार्यालयका प्रमुख देव नारायण पौडेल, उवासंघ सुनसरीका अध्यक्ष राजेन्द्र साहले तालिमले सिकेका कुरा व्यबहारमा उतार्दै करको जरिवानाबाट बच्न मदत गर्ने बताए । पौडेलले यस्ता लेखा प्रणाली व्यबस्थित गर्ने तालिमकालागि १५ जनाभन्दा बढीको समुह बनाएर आएमा समय मिलाएर प्रशिक्षण दिन सकिने बताए । समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो