मिक्लाजुङ / पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेनजिकै २ परिवारका ९ जनाको हत्या घटनामा भागेर वालवाल बाचेकी १४ बर्षीया बालिका सीता ाजुमलाई १ नम्बर प्रदेश सरकारले उपचारका लागि सहयोग गर्ने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार राती विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जानकारी दिएको छ ।
सीता हातमा ख्कुरी बोकेर आएको मखुण्डोधारीले घरका परिवारलाई जताभावी खुकुरी प्रहार गर्न थाले पछि उनी घरबाट राती नै भागेकी थिइन ।
भाग्नेक्रममा उनको दाहिने हात भाँच्चिएको छ। अरूलाई हतियार प्रहार गरी मारे पछि उनीमाथि आइलाग्दा घरबाट हाम फालेर भागेकी थिइन । घाइते बालिका भन्छिन् – ‘अनुहार छोपेको मान्छे आएर धमाधम काट्न थाले, सबैलाई काटे पछि मलाई पनि काट्न आए । हतपत्त हाम फालेर भागे । पछि पछि आउने हो की भन्ने निकै डर लाग्यो ।’
स्थानीय आरुबोटे माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत सीता भागेर छिमेकी बोजुको घरमा लुकेर बसेकी प्रहरीले जनाएको छ । उनको दमकमा उपचार भइरहेको छ ।
सोमबार राति घरमा आएको मुकुण्डोधारी व्यक्तिले स्थानीय बमबहादुर फियाकको परिवारका ४ र उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो। सीता बमबहादुरकी साहिँली छोरीकी छोरीपट्टीकी नातिनी भएको स्थानीयले बताएका छन् ।