पथरीशनिश्चरे /मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले महिलाहरूलाई उद्यमशील बनाउने अभियान अन्तर्गत दुना टपरी तालिम सञ्चालन गरेको छ ।

पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्वर २ स्थित चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्थाले सोमबारबाट ५ दिने तालिम थालेको हो । नगरपालिकाले २ वटा मेसिनसहित तालिमको व्यवस्थापन गरिएपछि सो सहकारी संस्थाका महिलाहरू उत्साहित भएर दुना टपरी बनाउन तम्तयार भएका छन् । एक कार्यक्रमका बीच नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोलाले तालिमको उद्घाटन गरिन् ।