धनकुटा । “चिसो, न्यायो, सुन्दर धनकुटाको ताजा तरकारी, कृषि आधुनिकिकरण, व्यावसायीकर र खाद्य सुरक्षा हाम्रो समझ्दारी” भन्ने मुल नाराको साथ सनिवार देखी धनकुटाको सिधुवा बजारमा २ दिने बृहत कृषि प्रदर्शनी शुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न सम्पन्न बृहत कषि प्रदर्शनी तथा चण्डी पुर्णिमाको अवसरमा आयोजित रगरगे मेलामा काउली बाली समुह, वन्दा बाली समुह, फलफूल बाली समुह, लहरे बाली समुह र लघु घरेलु तथा साना उधोगद्धारा उत्पादित् कृषिजन्य उत्पादनका सामाग्रीहरु कृषि प्रदर्शनीमा राखीएको छ ।

कृषि प्रदर्शनी तथा चण्डी पुर्णिमा मेलाको मुख्य प्रयोजक भने छथरजोरपाटी गाउँपालिका कार्यालय रहेको छ । २ दिने कृषि प्रदर्शनी तथा चण्डी पुर्णिमाको अवसरमा आयोजना गरिएको रगरगे मेलामा नौमती बाजा समुह, नेवारी नृत्य, किराँत याक्थुङ्ग चुम्लुङ मुर्तिढुङ्गेली छथरका केलाङ नृत्य विशेष मौलिक साँस्कृतिक झाँकीको रुपमा प्रश्तुत गरिएको थियो । साथै  राष्ट्रिय कलाकारहरुको सांगितिक प्रश्तुती समेत रहने आयोजक संस्थाका अध्यक्ष मेखबहादुर खड्काले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (जोन कार्यालय) सिधुवा धनकुटाको आयोजनामा सम्पन्न २ दिने बृहत कृषि पदर्शनी तथा चण्डी पुर्णिमाको अवसरमा आयेजित रगरगे मेला उद्धघाटन कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, महालक्ष्मी नगरपलिकाका उप–प्रमुख मञ्जु अधिकारी, छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठ, सुलभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङ्ग, सिधुवा वजार व्यावस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठलगायतले वृहत कृषि प्रदर्शनी तथा रगरगे मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बृहत कृषि प्रदर्शनी तथा मेला व्यावस्थापनको लागी छथरजोरपाटी गाउँपालिका १ लाख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यालय सिधुवा ५० हजार, महालक्ष्मी नगरपालिका कार्यालयले ५० हजार र स्थानिय संघ संस्थाहरुको सहयोग रहेको जोन संचालक समितिका अध्यक्ष मेखबहादुर खड्काले बताए । कार्यक्रमको संचालन जोन संचालक समितिका सचिव लालवहादुर महतराले गरेका थिए ।