धरान /  धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५/२०७६ सकिन ३ महिना बाँकी रहदा आन्तरिक आयमा ८० प्रतिशतले लक्ष्य हासिल गरेको छ ।
सम्पति कर, बहाल विटौरी कर, पार्किङ शुल्क कर, सिफासिर नाता प्रमाणित, प्रशासनीक दण्ड जरिवानालगायत शिर्षकमा सतप्रतिशत प्रगति गरेको धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले बताइन ।
सोमबार राजस्व, सूचना तथा पर्यटन महाशाखाले आयोजना गरेको पत्रकार भेटकाट कार्यक्रममा चैतसम्म १२ करोड ८८ लाख ५० हजार ९ सय ८३ आन्तरिक आम्दानी गरेको छ । त्यो मध्य २ करोड १६ लाख १८ हजार २ सय ४० प्रदेश सरकारसँग बाढफाड हुने राजस्व, सूचना तथा पर्यटन महाशाखाका प्रमुख अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए ।
उपपमहानगरले यो बर्ष अनुमानित आन्तरिक आय १६ करोडको लक्ष्य राखेको नगरपालिकाले जनाएको छ ।
पर्यटनको बजेट शिवपुराण, चमेना गृह निर्माणका लागि खर्च
यता पर्यटनलाई प्राथमिकता दिएको धरान उपमहानगरले पर्यटनमा भने सोचे जस्तो प्रगति हासिन गर्न सकेन । २ करोड ६३ लाख बजेट छुटाएकोमा चैतसम्म ३० लाख मात्र खर्च गर्न सकेको छ । ३० लाख रुपैया पनि विभिन्न संघ संस्थाहरुलाई कार्यक्रम गर्न बाढेको पाइएको छ । धरान उपमहानगरपालिकाले पर्यटनको गुरु योजना नबनाई काम गरेका कारण पर्यटनको बजेट सदुपयोग नभएको हो । गुरु योजना नभएकै कारण प्रदेश सरकारले दिने भनेको एक करोड र संघीय सरकारले दिने भनेको ५० लाख आउन सकेको छैन् ।
पर्यटनको बजेट सम्मान कार्यक्रम, शिवपुराण, चमेनागृह निर्माण, मन्दिरमा सोलार बत्ती जडान,मन्दिरहरुको सूचनामुलक बोर्ड निर्माणलगायतमा बडिजसो पर्यटकको बजेट खर्च गरेको पाइएको छ ।  कार्यक्रममा सूचना शाखाले हालसम्म गरेका क्रियाकलापहरुको जानकारी समेत गराइएको थियो ।