धरान / होटल एशोसिएशन अफ धरानले आयोजना गरेको १५ औं संस्करणको तीन दिने सडक उत्सव शनिवारदेखि शुरु भएको छ ।
दिउसो ३ बजे सभामुख प्रदिपकुमार भण्डारीले उद्घाटन गर्ने भनिएको कार्यक्रम पानी परेका कारण साँझ ५ बजे उद्घाटन गरिएको थियो । पानी परेका कारण र सहभागीहरुको न्यून उपस्थिति भए पछि सभामुख कार्यक्रममा उपस्थित भएनन् ।
साँझमा सडक उत्सवको उद्घाटन धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले गरिन । धरानको पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको सडक उत्सवमा आउने पर्यटकलाई बिभिन्न खानाका परिकारका साथ धरानको पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराउने होटल एसोसिएसनका अध्यष सरोज भट्टराईले जानकारी दिए । आज राती विभिन्न कलाकारहरुको सांगितिक कार्यक्रमको आयोजना गरिएको छ ।
सडक उत्सवको अवसरमा धरानको पर्यटन प्रबद्र्धनमा योगदान पु¥याएको भन्दै पत्रकार रत्नप्रसाद आचार्यलाई नगद सहित पुरस्कृत गरिएको छ । यसैगरी होटल व्यवसायमा योगदान दिएका एशोसियसनका पूर्व अध्यक्ष प्रमेश श्रेष्ठलाई सम्मान गरिएको छ । पत्रकार आचार्यले पाएको नगद पुरस्कार पूर्वाञ्चल ज्ञान चक्षुमा अध्ययनरत एक विद्यार्थीहरुलाई हस्तान्तरण गरे ।