इनरुवा/ सुनसरीमा माछामासु उत्पादनमा वृद्धि भएको छ । जिल्लामा खसीबोका, राँगा, बङ्गुर, कुखुरा, हाँस, परेवालगायतका पशुपंक्षीहरूको पालनमा कृषकहरूको आकर्षण बढेसँगै माछामासु उत्पादनमा वृद्धि भएको पशु सेवाविज्ञ केन्द्र सुनसरीले जनाएको छ ।
 
जिल्लामा गतवर्ष आठ महिनाको अवधिमा ७ हजार ७ सय ७७.६६ मेट्रिकटन मासु उत्पादन भएकोमा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ७ हजार ९ सय ३.४१ मेट्रिकटन माछामासु उत्पादन भएको पशु सेवाविज्ञ केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ । जिल्लामा गतवर्ष आठ महिनाको अवधिमा १ हजार ५ सय ८० मेट्रिकटन खसीबोकाको मासु उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा १ हजार ५ सय ८५.६ मेट्रिकटन खसीबोकाको मासु उत्पादन भएको पशु सेवाविज्ञ केन्द्र सुनसरीका डाक्टर मनोजकुमार महतोले बताए ।
 
त्यसैगरी जिल्लामा गतवर्ष आठ महिनाको अवधिमा ४ हजार १ सय ९० मेट्रिकटन राँगाको मासु उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ४ हजार १ सय ८६ मेट्रिकटन राँगाको मासु उत्पादन भएको पशु सेवाविज्ञ केन्द्रका डाक्टर महतोले बताए । त्यसैगरी जिल्लामा गतवर्ष आठ महिनाको अवधिमा ६ सय ६० मेट्रिकटन बङ्गुरको मासु उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ६ सय ६६.६७ मेट्रिकटन बङ्गुरको मासु उत्पादन भएको पशु सेवा ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।
 
त्यसैगरी जिल्लामा गतवर्ष आठ महिनाको अवधिमा ६ सय ९३ मेट्रिकटन कुखुराको मासु उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ७  सय ९८ मेट्रिकटन कुखुराको मासु उत्पादन भएको पशु सेवा ज्ञान केन्द्रका डाक्टर महतोले बताए ।
 
त्यस्तै जिल्लामा गत वर्ष आठ महिनाको अवधिमा १.०१ मेट्रिकटन भेडाको मासु उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा १.०१ मेट्रिकटन भेडाको मासु उत्पादन भएको पशु सेवा ज्ञान केन्द्रका डाक्टर महतोले बताए । त्यस्तै जिल्लामा गत वर्ष आठ महिनाको अवधिमा ०.५२ मेट्रिकटन हाँसको मासु उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा २ मेट्रिकटन हाँसको मासु उत्पादन भएको पशु सेवा ज्ञान केन्द्र सुनसरीले जनाएको छ । 
 
त्यस्तै जिल्लामा गतवर्ष आठ महिनाको अवधिमा ०.१३ मेट्रिकटन परेवाको मासु उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ०.१३ मेट्रिकटन मासु उत्पादन भएको पशु सेवा ज्ञान केन्द्रका डाक्टर महतोले बताए । त्यस्तै जिल्लामा गतवर्ष आठ महिनाको अवधिमा ६.५४ मेट्रिकटन माछाको उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ६ सय ६० मेट्रिकटन माछा उत्पादन भएको पशु सेवा ज्ञान केन्द्रका डाक्टर महतोले बताए ।