धरान  / पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा आज देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिएका छन ।  नेपाल पत्रकार महासंघ सुनसरीले पनि आज विहान इनरुवास्थित जिल्ला प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएर प्रेस स्वतन्त्रताको ग्यारेण्टी तथा बिद्युतीय अपराध ऐन ४७ र ४८ खारेज गर्न दवाव दिएको छ ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले नेपालमा बिद्युतीय अपराध ऐनको धारा ४७ र ४८ को व्यवस्था खारेज गर्न माग गरे ।

केही दिनअघि पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको समाचार लेखेकै आधारमा सिआइबीले पक्राउ गरेपछि देशभरका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । हालसम्म बिद्युतीय अपराध ऐन ४७, ४८ बमोजीम ८४ जना पत्रकारहरु पक्राउ परिसकेको महासंघले जनाएको छ ।