धरान / मृगौलारोगबाट पीडित अग्रेज पत्रकार पुष्करलाल श्रेष्ठको आज उपचारको क्रममा निधन भएको छ।
लामो समयदेखि पत्रकारितामा क्रियाशिल ६० वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौको नर्भिक अस्पतालमा बिहान ११ बजे ४९ मिनेटमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।
उनको दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम तय भएको छ।
५ महिनाअघि नाकमा समस्या देखिए पछि उनललाई उपचारका लागि भर्ना गरिएको थियो । राजधानीको बयोधा अस्पतालमा नाक र त्यसलगत्तै मृगौलाको पत्थरीको शल्यक्रिया गरिए पछि उनलाई स्वास्थ्य थप समस्या देखापरेको थियो । उनको नर्भिक अस्पतालमा फिजोयोथेरापी हुदैं आएको थियो । उनी नेपाल समाचार पत्रका संस्थापक प्रधान सम्पादक थिए ।