भद्रपुर । झापामा ५९ दशमलव ७५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा भएको वन डढेलोबाट यस्तो तथ्याङ् आएको हो ।
जिल्लामा ५९ ओटा सामुदायिक वन रहेका छन् । आगलागीबाट मेचीनगर, भद्रपुर नगरपालिका, हल्दीबारी र कचनकवल गाउँपालिकाका भित्र रहेका नौओटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्मा उल्लेख छ । आगलागीबाट सवैभन्दा बढी भद्रपुर नगरपालिका अन्र्तगत रहेको कमलधाप रामपोखरी सामुदायिक वनमा देखिएको छ । उक्त वनमा ३५ हेक्टरमा वन डढेलो लागेको थियो भने सोही नगरको दशरथपुर वनमा ० दशमलव २५ हेक्टरमा सवैभन्दा कम आगलागी भएको तथ्याङ्ले देखाएको छ । त्यसैगरि भद्रपुरको चन्द्रगढी सामुदायिक वनमा ९ हेक्टर,मेचीनगर नगरपालिकाको कालिका र हातेमालोमा २÷२ र तेलपानीमा डेढ हेक्टर क्षेत्रमा आगलागी भएको छ । त्यस्तै कचनकवलका पूर्व देउरालीमा दुइपटक गरी ४ हेक्टर र देउराली चारकोसेमा २ हेक्टर क्षेत्रफलमा आगलागी भएको उल्लेख छ ।
झापामा सिमसार समेत गरि करिब १८ हजार हेक्टर वन क्षेत्र रहेको कार्यालयले जनाएको छ ।