चैनपुर / सङ्खुवासभाको चैनपुर नगरपालिका ४० जना किशोरीहरुलाई उद्घोषण एवम् नेतृत्व विकाससम्बन्धी तालिम दिइएको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा सिद्धकाली महिला सशक्तिकरण संस्थाले आयेजना गरेको पाँच दिने तालिमा प्रत्येक बाट ४ जना महिलाहरुको सभहभागतिा रहेको थियो । तालिमको सोमबार समापन भएको छ । तालिकको सहजिकरण प्रशिक्षक देबेन्द्र कार्कीले गरेका थिए ।
समापन कार्यक्रममा चैनपुर नगरपालिकाका मेयर भरत खत्री, उपमेयर मुना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गायत्रा श्रेष्ठ, २ वडाका अध्यक्ष गणेशप्रसाद न्यौपाने, ४ नं. वडाका वडा अध्यष धनबहादुर तामाङ, ३ नं. वडाकी महिला सदस्य सुनिता विक ४ नं. वडाकी सदस्य मञ्जु बर्देवा, महिला नेतृ सीता भटरटराईलगायतको उपस्थिति रहेको थियो ।
नगरपाकिला भित्र रहेका टोल विकास संस्था, आमा समुहहरु, सहकारी संस्थालगायतका संस्थाको कार्यक्रममा महिलाहरुले कार्यक्रम संचालन तथा आफ्ना कुरा निर्धक्कसँग राख्न सक्ने क्षमताको विकासका लागि तालिम आयोजना गरिएको संस्थाकी अध्यक्ष हेमाकुमारी चौहानले बताइन । वडाको सवै क्षेत्रका सहभागीहरुलाई समेटेर गरिएको तालिम उपलब्दीमुलक भएको संस्थाकी सचिव नमिता अधिकारीले बताइन ।