धरान /  बोट विरुवाको विषयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि अध्ययन गर्ने थलोको रुपमा मोरङको केरावारी गाउँपालिकास्थित उडल्याण्ड बोटानिकल गार्डेन तथा रिसर्च सेन्टर संचालनमा आएको छ ।
केरावारी बजारदेखि करिव ५ किमी उत्तरमा तीन विगाहा जग्गामा ३ सय ५१ प्रजातीका बोटविरुवाहरु लगाइएको छ । विद्यार्थीहरु अध्ययनका लागि एक महिनासम्म बस्नका लागि सुविधायुक्त आवास पनि निर्माण भइसेको छ । यस गार्डेनका परिकल्पनाकार भने साहित्यकार राजकुमार कार्की हुन । तीन बर्षदेखि उनले उक्त गार्डेन निर्माणमा लागेका छन् ।
हाल निर्माणकै क्रममा भएकाले एक बर्षपछि विद्यार्थीहरुका लागि खुल्ला गरिने कार्कीले बताए । बनमारा घारी रहेको उक्त जग्गालाई खरिद गरि उनले विभिन्न प्रजातीका बोटविरुवा लगाएर हरियाली बनाएका छन् । आयुवेद क्षेत्रमा विज्ञ मानिएका कार्कीले दुर्लभ जडिबुटीहरुका विरुवा पनि गार्डेनमा रोपेका छन् । गार्डेनका लागि उनले हाल करिव एक करोड खर्च गरिसकेका छन् ।
हाल दुई जना स्यायी तथा अन्य ५ जना कामदारहरुले धमाधम काम गरिरहेका छन् । आन्तरिक पर्यटकहरुलाई समेत लक्षित गरेर बनाइएको गार्डेनमा पाकिङ, पुल, स्वीवीङ पुल निर्माणको क्रममा रहेको छ । एक बर्षभित्र सबै तयारी सकि विद्यार्थीहरुका लाथि तथा अन्य व्यक्तिहरुका लागि प्रवेश खुल्ला गरिने कार्कीले बताए ।
धरानबाट पानवारी हुदैं केरावारी एक घण्टामा पुग्न सकिने कच्ची बाटो छ । केरावारी खोर्साने हुदै जादा पिच सडको यात्रा गर्न सकिन्छ ।

56400358_377989556387366_6026836270255177728_n 57009019_323062431684654_8540149315379658752_n