ओखलढुंगा / ओखलढुङगाको माने भञ्ज्याङगाउँपालिका ६ डडुवाखोलास्थित सिद्दिचरण राजमार्गमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
आज सोलुबाट काठमान्डौंतर्फ जादै गरेको बा१६च २२०७ नम्बरको जीप दुर्घटना भएको थियो । ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलाकी ५५ बर्षीय मिङ्मा शेर्पा, ४५ बर्षीय साङगेल शेर्पा, काठमाण्डौ बौद्धका ३५ बर्षीय नुर्बु शेर्पा, ङवाङ शेर्पा, डोमाशेर्पा र नुमा शेर्पा रहेका छन् ।
घटनास्थलमा पुगेको प्रहरी चौकी हर्कपुरको प्रहरी टोलीले गम्भिर घाईतलाई काठमाण्डौं पठाएको छ । घाइतेहरुमा चालक कृष्णश्रेष्ठ ,काठमाण्डौको बौद्ध बस्ने मृतक डोमा शेर्पाका छोरा करिब ९ बर्षीय मिङमा शेर्पा र काठमाण्डौ नयाँ बस्तीका करिब ४६ बर्षीय कुङसिङे शेर्पा रहेका छन् । उनीहरुलाई उपचारको लागि दिउँसो साढे ३ बजे सिम्रिक एयरको हेलिकप्टरद्वारा ग्रान्डी अस्पताल काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइते तीन जनामध्ये कुङसिङेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।