धनकुटा । यत्रतत्र सवारी दुर्घटनाको चाप दिन प्रतिदिन बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले न्यूनिकरणको लागी शुक्रबार देखी १५ दिने महाअभियान शुरु गरेको छ ।

आम समुदायिमा जनचेतना जगाउने उदेश्यले आयोजना गरिएको सवारी दुर्घटना न्यूनिकरण महाअभियानको समुद्धघाटन जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रवहादुर गुरुङ्गले गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट निस्किएको र्याली दुर्घटनावाट कसरी बच्न सकिन्छ भन्नेबारे शन्देशमुलक शन्देश लेखिएको प्ले कार्डहरु, व्यानर सहित धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरी बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै प्रहरी प्रमुख गुरुङ्गले नागरिकको जीउधनका रक्षा गर्न ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न महाअभियान संचालन गर्नु परेको स्पष्ट पारे । उनले सवारी दुर्घटनाबाट सर्वसाधरणको अकालमै ज्यान जाने भएकाले बेलैमा बुद्धि पुगोस भनेर चालक सहितलाई अभियानमा सहभागी गराउनु परेको बताए ।

सो अवसरमा आयोजित कोणसभालाई धनकुटा यातयात व्यावसायी संघका जिल्ला अध्यक्ष एवं पुरना व्यवासायी थामवहादुर आठपहरिया (सानु), अर्का व्यावसायी सरोज आठपहरिया, फेनिजका धनकुटा अध्यक्ष सन्तवीर लामा, ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्का लगायतले पनि सवारी दुर्घटना हुन नदिन सवै भन्दा पहिले चालक नै सचेत हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

“हर प्रहर, गाउँ नगरी, टोलटोलमा नेपाल प्रहरी” भन्ने मुलनाराको साथ आयोजना गरिएको कार्यक्रममा चालक तथा सह–चालकलाई पहिचान खुल्ने ज्याकेट समेत वितरण गरिएको थियो । सो अवसरमा करिव ५२ जना चालक तथा सह–चालकहरुको सहभागिता रहेको थियो । जनचेतनामुलक ¥यालीमा नगर क्षेत्रमा रहेका वालसंसार, तुलसी मेहर, दिप इङ्गलिस वोर्डिङ्ग स्कुलका छात्र–छात्राहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

pic-1
दुर्घटना न्यूनिकरण गर्न शुरु गरिएको १५ दिने महाअभियानलाई सम्वोधन गर्दै जिल्ला प्ररही कार्यालय धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रवहादुर गुरुङ्ग ।
 
pic-2
चालक तथा सह–चालकलाई चालकको परिचय खुल्ने ज्याकेट वितरण गर्दै प्रहरी प्रमुख गुरुङ्ग ।
 
pic-3
सवारी दुर्घटना न्यूनिकरणको लागी ट्राफिक प्रहरीको अगुवाईमा धनकुटामा निकालिएको र्याली ।
 
pic-4
¥यालीमा सहभागी स्थानिय तुलसी मेहर वोर्डिङ्ग स्कुलका छात्रछात्राहरु सहभागी हुँदै ।