भोजपुर  / नेपाली सेनाको रणवम गण भोजपुरले सरस्वती आधारभुत विद्यालयलाई दुई कोठे शौचालय निर्माण सम्पन्न गरि हस्तानतरण गरेको छ । भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरेमा रहेको विद्यालयलाई आईतबार आयोजित एक कार्यक्रमका विच गणले शौचालय हस्तानतरण गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई शौच गर्न सहज होस भन्ने उदेश्यले शौचालय निर्माण गरि हस्तान्तरण गरिएको रणवम गणका गणपति विक्रम देव गिरीले बताए । शौचालय सिम्रीक एक्सन अन्र्तगत एक लाख पचास हजार लागतमा मार्वल सहितको निर्माण गरिएको गणपती गीरीले जानकारी दिए । शौचालयको उदघाटन प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले रिवन काटेर गरेकी थिइन । कार्यक्रममा गणपती गिरीले शौचालयको चावी विद्यालयका प्रधानाध्यापक शरण बहादुर राईलाई हस्तानतरण गरेका थिए ।