पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १ स्थित पथरी बजारमा व्यवसायिक भवनबाट झरेर एक युवाको रहस्यमय मृत्यु भएको छ ।

पथरीशनिश्चरे ७ का २६ वर्षीय चर्णराज गुरुङ टाउकोमा चोट लागेर रगतपच्छे अवस्थामा सकडमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मादक पदार्थको गन्धसहित गोरर्खा डिपार्टमेन्ट स्टोर र सुमन श्रेष्ठको घरबीचमा पर्ने दक्षिणको सडकमा घोप्टो परेको अवस्थामा बिहीबार राती साढे ११ बजे उनको शव फेला परेको थियो ।

श्रेष्ठकै घरमा माथिल्लो तलामा रहेको सिक्का बारमा साथीहरुको समूहमा आएका तामाङ्गको बार भए भन्दा मुनीको चौथो तलाबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । विवादपछि बारबाट ओर्लिएको सीसी क्यामेराको फुटेजले देखाएको पथरी प्रहरी प्रमुख कमल बजगाईंले जनाए । प्रहरीले सँगै बार आएका तामाङ्गका चार जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । घटना हुनु अघि बारमा दमकका ग्राहक र मृतक तामाङ्गको पक्षबीच सामान्य विवाद भएको थियो । त्यसपछि उनको बार संचालकसँग समेत विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका पथरीका प्रहरी निरीक्षक बजगाँईले जनाए । बार सञ्चालकलाई पनि प्रहरीले कार्यालयमा बोलाएर सोधपुछ गरेको छ । तर तामाङ्गको मृत्यु सुनियोजित हो या दुर्घटना हो भन्ने पूर्ण अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने बजगाँइले बताए ।

मृतक पक्षले भनें बार सञ्चालकमाथि पनि अनुसन्धान गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन र कसैले हत्या गरेको भए कडा कारवाही गर्न माग गरेका छन् । शवको पोष्टमार्टमका लागि शुक्रवार उर्लावारीस्थित मंगलवारे अस्पताल लगिएको छ ।