धरान  / ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भए पछि ३ बजे पछि भनिएको श्रद्धाञ्जली सभा भोली विहान ८ बजेलाई सारिएको छ ।

सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । पार्टी कार्यालयमा पनि श्रद्धाञ्जलीका लागि तयारी गरेको थियो ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो ।
चिकित्सकहरुका अनुसार सातै जनाको पोष्टमार्टम सकिने ४÷५ घन्टा लाग्ने भए पछि श्रद्धाञ्जली सभा भोलीलाई सारिएको हो ।