झापा । अमेरिकन टेक्नोलोजी तथा भारतको जोन डिरे इन्डिया कम्पनीद्धारा उत्पादन जोन डिरेले एकैदिनमा १ करोड ५० लाख मूल्य बराबरको ११ वटा ट्याक्टर बिक्री गरेको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्सले शनिबार बिर्तामोड शाखामा एक कार्यक्रमको आयोजना गरी बिक्री भएका ट्याक्टरहरु डेलिभरी गरेको हो ।

ट्याक्टर खरिदकर्ताहरुलाई जोन डिरे इन्डिया प्रालिका सेल्स एण्ड मार्र्केिटङ उपनिर्देशक प्रभात सक्सेना, विवेक अटोमोबाईल्सका प्रबन्ध निर्देशक वेदप्रकाश शर्मा, रिजनल म्यानेजर श्याम पट्टेल, शाखा म्यानेजर अनिल श्रेष्ठ लगायतले ट्याक्टरको चावी हस्तान्तरण गरेको थिए । उप निर्देशक सक्सेनाले नेपालका किसान भारतका भन्दा टेक्नोलोजीमा अगाडी रहेको बताए । ‘विश्वको नं. १ ट्याक्टर जोन डिरे हो’ उप निर्देशक सक्सेनाले भने ‘ अहिले तेस्रो पोजिशनमा छ, तर सन् २०२० सम्ममा नेपालमा नम्वर १ हुनेछ ।’

विगत ७ बर्षदेखि सेल्स, स्पेयर पार्टस् र सर्भिससहित बिर्तामोडमा शाखा सञ्चालन गरेको अटोमोवाइल्सले ट्याक्टरले साविक मेची अञ्चलका सबै जिल्लाहरुमा शाखा विस्तार गरेको बिर्तामोड शाखा प्रमुख अनिल श्रेष्ठले बताए । ट्याक्टर न्युनतम ११ देखि २२ लाख रुपैयाँसम्मका रहेको कम्पनीले जनाएको छ । करिब १४ वर्ष अघिबाट नेपालमा सो कम्पनीका ट्याक्टरहरु विक्री वितरण गर्दै आइरहेको सो कम्पनीले हालसम्म १० हजार भन्दा बढी ट्याक्टर बिक्री गरिसकेको जनाएको छ ।