पथरी/ प्रणय दिवसको अवसर पारेर मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बजारमा ६५ लाखको लगानीमा सिक्का लज एण्ड बार खुलेको छ ।

बिहीबार पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राईले बारको उद्घाटन गरे । सात जना युवा व्यवसायी सञ्जीव गिरी, धिरेन सुब्बा, मिलेन श्रेष्ठ, पुजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राईले बार सञ्चालनमा ल्याएका हुन् ।

साङ्गीतिक वातावरणमा परिवारमैत्री सेवा दिने गरी सञ्चालनमा ल्याएको वारमा एक पटकमा ७० जना ग्राहक बस्न सक्ने सञ्चालक सञ्जीव गिरीले बताए । गिरीका अनुसार बारसँगै २५ जना अट्ने सभाहल र ५० जना अट्ने वर्थ डे हल पनि रहेका जनाए ।