पथरी /  मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बजारमा सुविधा सम्पन्न वार सञ्चालनमा ल्याउने भएका छन् ।
नगरका सात जना युवा ब्यावसायीले भ्यालेनटाइन डेमा उद्घाटन गर्ने तयारी गरेको छ । युवाहरु सञ्जिव गिरी, धीरेन सुब्बा, मिलेन श्रेष्ठ, पूजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राई मिली वार संचालन गरेका छन । सांगितिक वातावरणमा परिवार मैत्री सेवा दिने गरी सञ्चालनमा ल्याउन लागेको वारमा एक पटकमा ७० जना ग्राहक बस्न सक्ने सञ्चालक सञ्जीव गिरीले बताए । गिरीका अनुसार वारसँगै २५ जना अट्ने सभाहल र ५० जना अट्ने वर्थ डे हल पनि रहेका जनाए ।
पथरी तीव्र शहरीकरण भइरहेको पूर्वी मोरङको शहर हो । पथरी क्षेत्रका ग्राहकहरू ठूलो खर्च गरेर छिमेकी शहरहरूमा वारको सेवा लिन जाने गरेकाछन् । आफ्ना शहरका वार शौखिनहरूलाई पथरी मै सेवा दिन ६५ लाख लाख रुपैयाँ खर्चेर वार सञ्चालन ल्याइएको सञ्चालक धिरेन सुब्बाले बताए । पथरीमा सञ्चालनमा आउने वारले उर्लाबारी, रमाइलो, लेटाङ, दमक, बेलबारी देखि विराटचौक सम्मका ग्राहकलाई लक्षित गरेको छ । वार सञ्चालनमा आएपछि १० जनाले रोजगार पाउने सञ्चालकहरूको भनाई छ ।