इटहरी । इटहरीमा शुरु भएको इटहरी फुड फेष्टिबलको उद्घाटन गदै प्रदेश एकको मुख्यमन्त्री शेरधन राईले पर्यटन विकासमा हरेक संस्था सँग आफुहरु हातेमालो गर्ने बताएका छन । प्रदेश नम्बर एकमा धेरै पर्यटकीय स्थलहरु भएको भन्दै प्रचार प्रसारमालाग्ने बताए ।

होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको फेष्टिबलकोमाबोल्दै मुख्यमन्त्री राईले भने पर्यटनको विकास सँगै आन्तरीक तथाबाह्यिपर्यटकहरुको जमघट स्थल हुन्छ । अहिले पर्यटनब्यावसया फस्टाउँदै गएको भन्दै यसको विकासमाप्रदेश सरकार लागी पर्ने बताए । हामीपर्यटनको विकासमाहातेमालो गर्ने तयारीमा छौ उनले थपे । विश्वको सबै भन्दाअग्लो सगरमाथा सम्म भएको प्रदेश नम्बर एक अरु प्रदेश भन्दापर्यटकीय हिसावले पनि अग्र स्थानमा रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सर्वध्वज सावाले पर्यटकहरु आर्कषण गर्ने सरकारी पक्षबाट लगानी बढाउँनु पर्ने बताए । उनले भने इटहरीको फेष्टिवलमा प्रहरी प्रशासनले मादकपदार्थ विक्रिमा कडाईको नाममा धेरै दवावदिएको आरोप समेत लगाए । मेलाहो अलिअलि खान्छन खानु दिनु पर्छ घुमाउँरो पारामाउनले भने । होटल ब्यावसायी संघ प्रदेश एकका संयोजक मणिन्द्र कटुवालले प्रहरी प्रशासनले पर्यटन क्षेत्रमाअकुंश लगाएको आरोप लगाए ।

६० वटा खानाकाबिभिन्न परिकारका स्टल रहने फेष्टिबलमा हेली टुरदेखि हाक्तिसम्मको अवलोकन हुने आयोजकहोटल ब्यवसायी संघ इटहरीकाअध्यक्षजिवन पराजुलीले भने । खानाको स्वादलिदै मनोरञ्जकालागी दैनिक राष्ट्रिय तथा स्थानियकलाकारहरुको प्रस्तुति रहने बताए । साथै बालबच्चाहरुको लागी खेल तमासाआदीको व्यवस्थागरिएको बताए ।

मुख्यआकर्षणको रुपमा रहेको हेलिकप्टर टुरको लागी क्षेत्रिय रगंशालामा हेलिप्याडको व्यवस्थागरिएको पराजुलीले बताए । इटहरीको आकाशमालोकल टुर देखि पाथिभरा मन्दिरसम्मको टुर प्याकेज अन्तर्गत ५० जनाले अग्रिमबुकिङ भइसकेको बताइएको छ । फेष्टिबलको आकर्षण बढाउन कोशी टप्पु बन्यजन्तु आरक्षबाट दुईवटा हाक्तिल्याइएको अध्यक्ष पराजुलीले बताए ।

साथै फेष्टिबल स्थलमाअर्ना र लालीगुरासको प्रतिमानिर्माण भइसकेको छ भने हामी समेत राखिने आयोजकले जनाएको छ । हेलि समेत ल्याई पाथिभरा मन्दिरसँगै इटहरीको आकासमा उडाउँने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । प्रदेशएकमाउत्पादितबिभिन्नखाद्यन्नहरु समेत राखिएको छ ।