धरान । धरानमा थ्री स्टार स्तरको होटल गजुर प्यालेसको शुक्रबार उद्घाटन गरिएको छ ।
प्रदेश १ का कानून मन्त्री हिक्मत कार्कीले होटलको उद्घाटन गरे । धरानका व्यवसायी गोपाल आचार्यले सञ्चालनमा ल्याएको होटल थ्री स्टार स्तरको हो । धरानमा यो स्तरको पहिलो होटल रहेको दाबी गरिन्छ ।
करिब ८ करोडको लागतमा निर्मित होटल धरान–८ भोटेपुलमा रहेको छ । होटलमा एसीसहित सुविधाका सुविधा सम्पन्न कोठाहरू रहेका छन् ।
६ तलामा निर्मित होटलमा २८ वटा कोठाहरू छन् । जसमा किङ स्विट रुम, स्विट रुम, प्रिमियम डिलक्स रुम, एक्सक्ल्युसिभ डिलक्स रुम, सुपेरीयर डिलक्स रुम र टुइन डिलक्स रुम रहेका छन् । कोठाको न्युनतम ४ हजार ९ सय देखि अधिकतम १९ हजार ९ सयसम्म आवास मूल्य तोकिएको छ ।
सेमिनार हल तथा पार्किङ सुविधा रहेको होटलले धरानको आर्थिक विकासमा थप सहयोग गर्ने अपेक्षा व्यवसायीले गरेका छन् ।
यस्ता छन् काेठा