इटहरी / इटहरीमा शुरु भएको इटहरी फुड फेष्टिबलको उद्घाटन गदै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पर्यटन विकासमा हरेक संस्थासँग आफुहरु हातेमालो गर्ने बताएका छन । प्रदेश नम्बर एकमा धेरै पर्यटकीय स्थलहरु भएको भन्दै प्रचार प्रसारमा लाग्ने बताए ।
६० वटा खानाका िबभिन्न परिकारका स्टल रहने उत्सवमा हेली टुरदेखि हात्तिसम्मको अवलोकन हुने आयोजक होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । खानाको स्वादलिदै मनोरञ्जका लागी दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने बताए । साथै बालबच्चाहरुको लागी खेल तमासा आदीको व्यवस्था गरिएको बताए ।
मुख्यआकर्षणको रुपमा रहेको हेलिकप्टर टुरको लागी क्षेत्रिय रगंशालामा हेलिप्याडको व्यवस्था गरिएको पराजुलीले बताए । पाथिभरा मन्दिरसम्मको टुर प्याकेज अन्तर्गत ५० जनाले अग्रिम बुकिङ भइसकेको बताइएको छ । उत्सवको आकर्षण बढाउन कोशी टप्पु बन्यजन्तु आरक्षबाट दुईवटा हात्ति ल्याइएको अध्यक्ष पराजुलीले बताए ।