विराटनगर / मोरङका सञ्चारकर्मी आवद्ध भएको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले आर्थिक वर्षमा ०७४÷७५ मा ७१ लाख ७६ हजार ५ सय ९२ रुपैयाँको कारोबार गरेको छ ।
सहकारीको कोषाध्यक्ष विजय खतिवडाले कोषाध्यक्षको प्रतिवदेन प्रस्तुत गर्दै सहकारीले यस वर्ष जम्मा बचत १७ लाख ५० हजार पाँच सय ५४ रुपैयाँ पुगेको जानकारी गराए । १ सय २ जना सेयर सदस्य रहेको यस सहकारीले ५ लाख ७५ हजार ३ सय ३९ रुपैयाँ कुल आम्दानी गरेको छ । सहकारीको कुल सेयर पुँजी १६ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ । सहकारीले ३७ लाख ८४ हजार ४ सय ९९ रुपैयाँ ऋण लगानी गरेको छ ।
सोही अवसरमा सहकारीले असल ऋणी र नियममित रूपमा बचत गर्ने तीन जनालाई सम्मान गरेको छ । नियमित बचत गर्ने नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष कुमोद अधिकारी र सेयर सदस्य रोशन बुढाथोकीलाई सम्मान गरेको छ भने असल ऋणीबाट टीकाराम भुजेल सम्मानित भएका छन् । उनीहरूलाई प्रदेश सांसद् जयराम यादवले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।