धनकुटा / पर्यटकीय ग्राम भेडेटारमा रहेका अधिकांश होटलहरुले अखाद्य बस्तु विक्रि गर्ने गरेको पाइएको छ । देव विदेशका पर्यटकहरु आउने उक्त क्षेत्रमा विक्रिका लागि राखिएका खाद्य बस्तु तथा पय पदार्थहरु म्याद गुज्रेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले भेडेटार बजारमा छड्के अनुगमनका क्रममा यस्तो पाइएको हो । यस क्रममा मापदण्ड विपरित उत्पादन गरिएका सयौंको परिमाणमा पेय तथा खाद्य वस्तु जपत गरिएको छ ।
डिभिजनका निमिक्त प्रमुख शिवशंकर मिश्रको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य निर्र्देशिका विपरित उत्पादित सयौ बोटल मिनरल वाटर तथा उपभोग्य मिति सकिएका पेय तथा खाद्य वस्तु जपथ गरिएको मिश्रले बताए ।
ति वस्तुमा उत्पादन र उपभोग्य मितिसमेत राखिएको छैन । धरानको ज्योति फुड प्रोडक्स नुडल्स उद्योगबाट उत्पादित नुडल्ससमेत यस्तो अवस्थामा फेला परेको छ । कतिपय होटल दर्ता नगरिएको तथा पान नं., मूल्य सुचि नराखि सञ्चालनमा रहेको अनुगमन टोलीका सदस्य रमेशचन्द्र अधिकारीले जानकारी दिए । कार्यालयले भेडेटारमा पहिलो पटक अनुगमन गरेको जनाएको छ ।
अनुगमन टोलीमा होटल व्यवसायी, पत्रकार, जिल्ला प्रशासन कार्यालय, कर कार्यालय, प्रहरी लगायत सहभागी थिए । अनुगमन कार्यलाई नियमितता दिने कार्यालयका निमिक्त प्रमुख मिश्रले बताए ।