भोजपुर / श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कार जिल्लाका दुई जना अग्रज पत्रकारले पाउने भएका छन । नेपाल पत्रकार महासंघ भोजपुर शाखाको मातहतमा रहेको उतm पुरस्कार अग्रज पत्रकारद्धय किरण राई र निरोज कोइरालाले पाउने भएका हुन ।

पुरस्कार जिल्ला शाखाको छैठौ साधारण सभामा प्रदान गरिने पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष श्यामकृष्ण दाहालले बताए । शाखा अध्यक्ष दाहालका अनुसार राई र कोइरालालाई नगदसहित सम्मान पत्र द्धारा पुरस्कृत गरिने छ । पुरस्कृत मध्य राईले लामो समय जिल्लाबाट प्रकाशित सिलिचुङ साप्ताहिक तथा कान्तिपुर टेलिभिजनमा जिल्ला संवादाताका रुपमा काम गरेका थिए । हाल युकेमा रहेका छन । कोइरालाले भने रेडियो नेपालको भोजपुर संवाददाताका रुपमा काम गरिरहेक छन् ।

पुरस्कार पत्रकार उपेन्द्र श्रेष्ठले आफनी आमा मनमाया श्रेष्ठ र बाबा अमर श्रेष्ठको नाममा स्थापना भएको अक्षयकोषको व्याज वापत प्राप्त रकमबाट प्रदान गरिन लागिएको हो । अक्षयकोष पत्रकार महासंघ जिल्ला शाखाको मातहतमा रहने गरि २०७० सालमा स्थापना भएको थियो । कोषको रकम ९९ हजार ९ सय ९९ रुपैया रहेको महासंघका जिल्ला शाखा सचिव बुद्ध तामाङले जानकारी दिए ।