वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा सफाई कर्मचारी नियुक्त नहूुदा आफैले फोहोर उठाउनु परेकोमा चालक धननारायण श्रेष्ठले गुनासो गरेका छन् ।
आफु संग सहयोगी सफाई कर्मचारी नभएर नगरपालिकामा आफु एक्लैले फोहोरको ओर्साने टयाक्टर चलाउूने तथा फोहोर उठाउूने गरेको भन्दै उनले चाडै सफाई कर्मचारी उपलब्ध गराईदिन माग गरेका छन् । नगरपालिकाको ११ वटै वडामा टाढा टाढा गएर आफुले फोहोर उठाउूने र टयाक्टरमा राखी त्यसलाई चारकोशे झाडीको चार ढवाङ्गे स्थानमा विर्सजन गर्न लग्नु परेको चालक धन वहादुर श्रेष्ठले बताए । आफु सूग सफाई कर्मी मात्र होईन् जुत्ता,ग्लब्स लगायतको सुविधा समेत नभएको उनले बताए ।
यस सम्बन्धमा बुझ्दा वराहक्षेत्र नरगपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत प्रसाद दाहालले २ जना सफाई कर्मचारीको लागि सुचना जारी गरिएको भन्दै निजामति कर्मचारी संगको समायोजनको कारणले कर्मचारी नियुक्तीमा ढिलो भएको बताए । नगरपालिकाले वर्ष २०७५ को श्रावण महिनादेखि २ वटा टयाक्टर वाट फोहोर व्यवस्थापन गर्दै आएको छ ।