इटहरी / इटहरी उपमहानगरले जाडोमा न्यायो कपडा वितरण गरेको छ । इटहरी वडा नम्वर ८ का अतिविपन्न सदा, ऋषिदेव समूदायका ब्यक्तिहरुलाई एक सय थानकम्वल इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र वडा नम्वर ८ का वडाध्यक्ष रोहित चौधरीले वितरण गरे ।

तराईमा विहान देखि वाक्लो हुस्से लागेर निक्कै जाडो भएको छ । अति विपन्न वर्गका ब्यक्तिहरुकालाई जाडोवाट वच्न न्यायो कम्वल वितरण गरिएको वडाध्यक्ष चौधरीले बताए । इटहरी उपमहानगरले यसअघि पनि वडा नम्वर ७,१र १७ मा २सय २० थान कम्वल वितरण गरि सकिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले जनाए ।