झापा /  मदिरा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका मेचीनगरका व्यवसायीले शनिबार भेलाको आयोजना गरी समितिसमेत गठन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आन्तरिक राजश्व कार्यालय चन्द्रगढीका प्रमुख वासुदेव आचार्यले व्यवसायीको जिज्ञासाको जवाफमा व्यवसायी आफै इमान्दार बन्नु पर्ने ताए । ‘कार्यालयबाट सबै व्यवसायीलाई अनुगमन गर्न सकिएको छैन, आन्तरिक समस्या देखाउदै प्रमुख आचार्यले भने ‘सबैको कारोवार हेर्न नसक्ने भएकाले बर्षमा २ सय व्यवसायीको मात्र अनुगमन गर्छौ, उनले थपे ‘ अरुलाई नाङ्लो ठट्याएर हात्ती तर्साउने जस्तै गर्दै आएका छौ ।’ मदिरा व्यवसायी संघ झापाका उपाध्यक्ष गोकुल हुँमागाईको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

भेलाले बद्री घिमिरेको अध्यक्षतामा २० सदस्यीय मदिरा व्यवसायी संघ मेचीनगर गठन गरेको छ । समितिले मदिरा व्यवसायीहरुको हकहितका लागि पहल गर्ने नवगठित समितिका अध्यक्ष घिमिरेले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

समितिको उपाध्यक्ष कृष्णराज भण्डारी, सचिवमा बिनाद गिरी, सहसचिवमा सूर्यनाथ भण्डारी र कोषाध्यक्षमा रुद्र विष्ट चयन भएका छन् । त्यसैगरी सदस्यमा लीला थुलुङ, गोपाल खड्का, नारायण गौतम, अम्बर कुँवर,देवेन्द्र शिवाकोटी, सन्तोष जैसवाल, जीवन मैनाली, रमेश पोखरेल, रेवत दाहाल, रुद्र कार्की, दीलिप शाह, गुनिलाल राजवंशी, मनिष श्रेष्ठ चयन भएको सल्लाहकार सदस्य प्रकाश उप्रेतीले जानकारी दिएका छन् । निलम प्रसाईको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिमा गोकुल हुमागाई, प्रकाश उप्रेती, अमर कुँवर र सदस्यमा रहेका छन् ।

गोकुल हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्णराज भण्डारी, हरी मैनाली, जीवन मैनाली, दीपक सापकोटालगायत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।