विराटनगर / जनता आवास कार्यक्रम अन्र्तगत घर बनाई दिने भन्दै ठगी धन्दा चलाउने मोरङ जहदा गाउँपालिका– १ धुनीका दिलबहादुर गुरुङलाई यति बेला कुनै कानुनले छोएको छैन् । उनले जहदा गापाको धुनी बस्तीका ३३ घरबाट ४० हजार रुपैयाँको दरले १३ लाख ३२ हजार रुपैयाँ लिएर ठगी गरेको आरोप पीडितहरूले लगाएका छन् । यसरी जनता आवसको नाममा पैसाँ कुम्लाएर केही समय फरार भए पनि अहिले गाउँघरमा खुल्लेआम हिडडुल गर्ने गरेको पीडितहरूले भनाई छ । यस्तो व्यक्तिलाई राज्यले नै संरक्षण गरेको पीडिले आरोप लगाएका छन् ।
सरकारले गरीब, विपन्न र पिछडिएका समुदायका लागि घर निर्माण गर्न सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत ४० हजार रुपैयाँ बुझाएर २ कोठाको पक्की घर बनाउने भन्दै यहाँका स्थानियबासिसँग गुरुङले पैसाँ लिएको पीडितहरू बताउँछन् । ३३ घर परिवारको पैसाँ लिए पछि केही समय लापत्ता भएका गुरुङ अहिले गाउँघरमा खुल्लेआम हिडडुल गर्ने गरेको जहदा गपा धुनीका पीडित नन्दकिशोर सरबरियाले बताए । ‘आफुले थोरै लगानी लगाउँदा बाँकी खर्च सरकारले व्यहोरेर पक्की घर बनाइदिने सुन्दर सपना गुरुङले देखाए,’ उनले भने, ‘आफूसँग पैसाँ नभएपछि ऋण खोजेर पैसाँ बुझाएको एक वर्ष पुरा भयो । अहिलेसम्म घर बनेन ।’ पैसाँ बुझाएको १ वर्ष पुरा हुँदा पनि घर बनाउने कुनै सुरसार नगरेपछि बुझदै जाँदा आफुहरू गुरुङबाट ठगिएको उनीहरुरूको भनाई छ ।
गुरुङले ठगी गरेको पत्तो पाएपछि पीडितहरुले स्थानीय जनप्रतिनिधि गुहारेका थिए । जनप्रतिनिधिहरुको रोहबरमा गुरुङले पैसा फिर्ता दिने प्रतिबद्धता जनाएको भए पनि पालना गरेका छैनन् । सहमति अनुसार पैसाँ नदिए पछि कानुनी प्रक्रिया अनुसार गुरुङलाई ठगी मुद्दामा प्रहरीमा उजुरी दिने दिने पीडितहरूले बताए । ‘गुरुङलाई र पीडित भएका ३३ घरपरिवासँग यहाँका जनप्रतिनिधी बस्दा घर बनाउने भन्दै पैसाँ लिएको स्वीकार गरेका थिए,’ जहदा गापा १ वडा कार्यालयका सामाजिक परिचालक हरीओम राजवंशीले भने, ‘गुरुङले अहिलेसम्म पीडितको पैसाँ दिएको छैनन् । कानुनी उपचार खोज्न प्रहरीमा उजुरी गर्न सुझाब दिएका छौं ।’
जनता आवास अन्तर्गत मोरङका विभिन्न स्थानमा घर निर्माणको काम चलिरहेको छ । विराटनगर १८ स्थित फडानी टोलमा रहेको ऋषिदेव वस्तीमा पनि जनता आवास अन्तरगत घर निर्माणको काम भइरहेको छ । छेउछाउका गाउँमा घर निर्माण हुन थोलेपछि त्यस्तै घरको अपेक्षा गर्नेहरु जहदा १ धुनी बस्तीका ३३ परिवार ठगिएका हुन् ।
पीडितले उजुरी दिए कारवाही गर्छौ
यता जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पीडित भएका धुनीका बासिन्दाले प्रहरीमा निवेदन दिए कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए । ‘घटनामा बारे मैले पनि विभिन्न संचारमाध्यबाट जानकारी पाए,’ उनले भने, ‘कसैले उजुरी दिए पक्राउ गरि आवश्यक प्रक्रिया हामी अगाडी बढाउछौं ।’ उनले लेनदेन र ठगीको विषयमा अदालतमै छिनोफानो हुने कानुनी व्यवस्था रहेको भए पनि लेनदेनको कारण समाजमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशान लागि पर्ने बताए ।
यता जहदा गाउँपालिकाको प्रमुख कैलाशप्रसाद मण्डलले हाम्रो गाउँपाकिलामा कुनै पनि प्रकारको जनता आवस कार्यक्रम सुचारु नभएको प्रष्टाएका छन् ।