धरान/ 'खड्कबहादुर जोगि बचाँउ' अभियानलाई सहयाेग जुट्न थालेकाे छ । यस अभियानलाई सफल बनाउनका लागि धरानका भिजन फिटनेस सेन्टर, सिङ्गक समाज नेपालका प्रतिनिधिहरूकाे साथ मिलेकाे छ ।
भिजन फिटनेस नेपालका प्राेपाइटर केशब श्रेष्ठ ,सिङ्गक समाजका गोकर्ण सिङ्गक, मिना सिङ्गक ,दिनेश सिङ्गकबाट अभियानकर्ता नायिका तथा व्यवसायी रेखा फागो लिम्बु ,मिस लिम्बु २०१७ कि उप-विजेता सन्ध्या तुम्बाहाङ्फे लिम्बु र तुम्बाहाङ्फे समाजका प्रतिनिधि दिपक तुम्बाहाङ्फेलाई सहयोग नगद रू.६० हजार हस्तान्तरण गरिएकाे गीतकार तथा समानसेवि मिना सिङ्गकले जानकारी दिइन् ।
जाेगी बचाँउ अभियानमा धरानका हुक्पा मादेम्ब्बा समाज , तुम्बाहाङ्फे समाज, सिङ्गक समाज, चेन्जी सोल्टा ,तिर्थ मादेम्बा ,इन्द्र सेनेहाङ्ग ,याक्थुङ्बा हरेन्द्र सिङ्गकलगायतकाे सहयाेग रहेकाे सिङ्गकले बताइन् ।