Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच

साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच

  • पुस २०, २०७५
  • रासस

काठमाडौँ । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच जरुरी रहेकोमा जोड दिइएको छ । 

साना उद्योगलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापार घाटा न्यूनीकरण गर्न सकिने र रोजगारीको थप अवसरसमेत सिर्जना गर्न सकिने बताइएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र एनएमबी बैंकको सहकार्यमा राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्यमीको वित्तीय पहुँच अभिवृद्धिकालागि वित्तीय साक्षरता’ विषयक अन्तक्र्रियामा सहभागीले रोजगारीको अवसरमा वृद्धि र व्यापार घाटा नियन्त्रण तथा समृद्ध नेपालका लागि साना तथा घरेलु उद्योग उपयोगी हुने बताएका हुन् । 

महासङ्घका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको आर्थिक पाटोलाई समृद्घ बनाउन मुख्य भूमिका निर्वाह गर्ने साना उद्योगको क्षमता नै सहज बैंकिङ पहुँचसँग जोडिएको बताए । 

साना उद्योगीको हकहित संरक्षणका लागि महासङ्घको स्थापना भएको बताउँदै अध्यक्ष सिंहले भने, “उद्योगीका लागि विभिन्न खालका सहुलियत र सुविधायुक्त बैंकिङ योजना छन् त्यसका बारेमा हाम्रा धेरै उद्योगीलाई थाहा छैन,यस्तै कुराको विस्तृत जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम शुरु गरेका हौं ।” 

एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले बैंकले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउँदै व्यवसायी र व्यवसाय अनुशासित भएमा लगानीको समस्या नहुने बताए । 

कार्यक्रममा लघु, साना तथा मझौला उद्यमलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा साना तथा घरेलु उद्योग सञ्चालन गरिरहेका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको छ । 

सम्बन्धित समाचार
निर्वाचनको निश्चितता छैन, दल दर्ता १२५ पुगे

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तो ...

नक्कली प्रमाण–पत्र पेस गर्ने शिक्षकमाथि मुद्दा दायर

धरान । झापाको दमक नगरपालिका–५ स्थित दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्ष ...

सङ्क्रमणकालीन न्याय चँँडो टुङ्ग्याऊ

सुनसरीको धरानमा सम्पन्न कार्यक्रममा द्वन्द्वपीडितहरुको मर्मस्पर्शी वेदनामाथ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
निर्वाचनको निश्चितता छैन, दल दर्ता १२५ पुगे
नक्कली प्रमाण–पत्र पेस गर्ने शिक्षकमाथि मुद्दा दायर
सङ्क्रमणकालीन न्याय चँँडो टुङ्ग्याऊ
आजको राशिफलः २०८२ साल कात्तिक २७ गते बिहीबार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved