सिरहा/ सिराहको जिल्ला ट्राफिक प्रहरी कार्यालयले पाँच महिनामा १२ हजार ७ सय ५० सवारीसाधन कारबाहीमा, ७३ लाखभन्दा बढी राजस्व असुली गरेका छन् ।

२०७५ साउन १ गतेदेखि २०७५ मंसिर सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयले १२ सय सबारी साधनलाई कारबाही गरी ७३ लाख ३९ हजार राजस्व संकलन गरेका छन् । टूक २ हजार ४ सय ४५, बस १ हजार २ सय ३४, कार,भ्यान,जीप १ हजार ६ सय ६०, मोटरसाइकल ६ हजार २ सय ३८, ट्रयाक्टर १ हजार १ सय ३५ र ३८ वटा टेम्पोलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।

३४ जनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालयले पाँच महिनाको अवधिमा ५९ वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् । जसमा २१ जना पुरुष, १३ जना महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए । दुर्घटनामा ५८ जना गम्भिर घाइते भएका छन् ।

चेकजाँचमा कडाई
सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयकाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्वपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।

नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कारबाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।