इटहरी/ पूर्वकै लोकप्रिय सेकुवा पसलहरुको व्यापार चौपट हुन पुगेको छ । जोगवनी देखि धरान सम्मको ६ लेन सडक निमार्णले तरहराको सेकुवा पसलहरुको व्यापार चौपट हुन पुगेको व्यापारीहरु बताउँछन् । सेकुवा बेचेरै दैनिक लाखै कमाउँने व्यापारीहरुको ६ लेन सडकले कन्त बिजोक हुन पुगेको हो ।

तरहरामा रहेको बल्ड दरबार होटलका सञ्चालक प्रदिप केसीले करीब एक वर्ष पहिलाको जस्तो होटल नचलेको बताए । ६ लेन सडक निमार्णले सेकुवा पसलहरु चल्न छोडेको उनले बताए । निमार्णधिन सडकले पार्किङ अभावसँगै धुवा धुलोले नियमीत ग्राहकहरु समेत होटलमा नआउँने उनको भनाई छ ।

बाटो निमार्ण छिट्टै भए जस्तो देखिए पनि करीब एक वर्ष देखि बाटोले झमेला दिईरहेको छ उनी भन्छन् ।

शिव लामाले धेरै सेकुवा दोकानहरुलाई समस्या भईरहेको छ । तरहरामा बाटो खन्दै छ भनेर इटहरीबाट आउँनेहरु पनि सेकुवा पसलसम्म आईपुग्दैनन् लामा होटलका सञ्चालक शिव लामा भन्छन् । तरहराको मुख्य चौकमा रहेको सेकुवा पसलहरुमा अहिले मन्दी नै आईरहेको छ ।

अधिकांश सेकुवा पसलहरु बाटोकै कारण चलेको छैन । मेरो मात्र हैन अधिकांश व्यापारीहरुको अहिले व्यापार भएको छैन लामाले भने ।

हेरीटेज होटलका सञ्चालक सन्तोष पुरीले पनि ६ लेन सकडको कारण एक वर्ष लगभग आफ्नो व्यापार चौपट् भएको बताए । उनले भने होटल अगाडी बाटो खने पछि ग्राहकहरु हेटलसम्म आएनन्,मासिक घर भाडा तिदै बस्नुको विकल्प भएन ।

अहिले भने आफ्नो तिर अलि सहज भईरहेको भए पनि तरहराको मुख्य सेकुवा पसलहरु भएको ठाउँमा बाटो निमार्णले व्यापार खस्कदो छ ।

त्यस्तै कार्की होटलका सञ्चालक जीवन कार्कीले पनि व्यापारमा ह्रास आएको गुनासो गर्छन् । पछिल्लो समयमा व्यापारको गिरावटसँगै ग्राहकको चाप निकै घटेको उनी बताउँछन् । सडक निर्माणकार्य सुस्त भएको र यसलाई द्रुत गतिमा बढाए चाँडै नै व्यापारमा पनि सुधार आउने उनको विश्वास थियो ।

जोगवनी – विराटनगर किमाथाङ्का ६ लेनको सडक बनाउन २०७० साल असारदेखि नै काम शुुरु गरिए पनि काम सोचे जस्तो द्रुत गतिमा नहुँदा सर्वसाधारणलाई सास्ती हुने गरेको कुरा कुनै नौलो छैन । विराटनगरमा मात्रै नभएर इटहरीमा पनि धुवाँधुलोले प्रदुषण हुने गरेको छ ।

तरहराको सेकुवा प्रख्यात
तरहरामा रहेको लामा सेकुवा सम्झ्निे वित्तिकै मासुका पारखीहरूको मुखमा पानी आउँछ । लामो समय देखि सेकुवा व्यापार गदै आएका लामा सेकुवाले उल्लेखनीय आर्थिक प्रगती समेत गरेको छ । पसलमा सेकुवा पसलमा सेकुवा खानेहरूको भीड लाग्ने गर्छ ।

पूर्वाञ्चलवासी र पूर्वतिर आउने–जानेहरूबीच मात्र होइन विदेशमा पनि चर्चित छ यो सेकुवा पसल ।

अहिले तरहरामा दर्जनौ सेकुवा पसल छन् । हङकङ, ब्रुनाई र बेलायतबाट आएका धराने हुन् या विराटनगर, काठमाडौँ, पोखरातिरबाट घुम्न आउनेहरूस धेरैका पाइला धरान छिर्ने चारकोशे जङ्गलको मुखैमा रहेका सेकुवा पसलहरू तिर रमाउँनेहरुले भन्ने गर्छ सेकुवा त तरहराको जस्तो भन्न थालिएको छ । साथीभाइ, आफन्तहरू मिलेर सेकुवा खान जाने चलन नै बसिसकेको छ ।

जग्गा किनबेच गर्न, राहदानी बनाउन र अड्डा–अदालतको काम गर्न सदरमुकाम इनरुवा पुग्ने धराने र पेन्सन थाप्न ईटहरी जाने भूतपूर्व सैनिक एवं तिनका परिवारमध्ये प्रायः तरहराका आधा दर्जन सेकुवा पसलमा खसीको सेकुवा, टाउको, सुप, साँदेको, राँगाको सुकुटी, कुखुराको पखेटासित बियर खाने गर्छन । अहिले धरान इटहरीको बाटो हिँड्नेहरू तरहराको सेकुवा भनेपछि मरिहत्ते गर्छन् ।

सुनसरीको इटहरी चोकबाट उत्तरतर्फ झण्डै ३ किलोमिटरको यात्रापछि पुगिन्छ तरहरा । इटहरीबाट धरान हुदै यो बाटो धनकुटा सम्म पुग्छ । कोसी राजमार्गमा पर्ने यो सडक खण्डको तरहरामा लहरै २० देखि २५ वटा सेकुवा पसल सञ्चालनमा छन् । यो सडकको यात्रा गर्दा तरहराकोे सेकुवा खान जो सुकै पनि लोभिन्छन् ।

पहिला मालपोतका कर्मचारीदेखि जग्गा व्यापारीको समेत भीडभाड हुने सेकुवा पसलमा अहिले भने ग्राहक पनि पातलिएको देख्न सकिन्छ । ‘पहिलाजस्तो व्यापार छैन तरपनि पसल भने खोलेकै छौँ’ लामा सेकुवा पसलका एक कर्मचारीले भने । तरहराबाट उत्तरलागेपछि यहि राजमार्गबाट पुगिन्छ सुनसरीकै अर्को शहर धरान ।