धरान / गोरु काटेको अभियोगमा पक्राउ परेका १० जना जिल्ला अदालत सुनसरीको आदेशमा छुटेका छन् ।

जिल्ला अदालत सुनसरीका न्यायाधिश मणीराम न्यौपानको एकल इजालशले जनही ५० हजार धरौटीमा छोड्न आदेश दिएपछि धरौटी राखेर तारेखमा छुटेको प्रहरीले जनाएको छ ।
गोरु काटेको अभियोगमा पक्राउ परेकाहरुको तर्फबाट अधिबक्ता पदम इस्पोले बहस गरेका थिए ।
‘प्रहरीले मंसिर २८ गते बिहान धरान १७ स्थित विद्या टोलबाट गोरुको मासु काटिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको थियो । प्रहरीले आशिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही र राजेन्द्र खड्गी पक्राउ परेकय थिए । प्रहरीले उनीहरुसँगै गोरु काट्न प्रयोग भएको खुकुरी, चक्कु ७ थान र गाइगोरुजस्तो देखिने सिंग भएको टाउको २ थानसहित उनीहरुलाई सार्वजनिक गरेको थियो ।

गोरु काटेको अभियोगमा उनीहरु पक्राउ परेपछि जातीय संस्थाहरुले विरोध गरेका थिए ।