पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तर्गतको ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’ को वैठकले समितिले गर्ने कार्यका बारेमा कार्यविधि निर्माण गरी पारित गरेको छ ।

समितिका अध्यक्ष वीरध्वज शिवाको अध्यक्षतामा शनिवार वसेको वैठकले ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’ को कार्यविधि पारित गरेको सचिव रोहित पराईले जनाए । सो कार्यविधि पारितका लागि नगर कार्यपालिका वैठकमा पठाइने छ ।

वैठकले ४ वटा विधागत उपसमितिको संयोजक र सदस्य सचिव चुनेर अन्य सदस्य चयनका लागि सम्वन्धित उपसमिति संयोजकलाई जिम्मा दिएको छ । भाषा, साहित्य संस्कृति उपसमितिको संयोजकका गणेश वाछना राई र सदस्य सचिवमा राजेन्द्र विवश, गीत संगीत उपसमितिको संयोजकमा देव गुरुङ र सदस्य सचिवमा अर्जुन सेन्च्यौरी, नाट्य उपसमिति संयोजकमा हरेन्द्र खत्री र सदस्य सचिवमा सरोज तिम्सिनालाई चयन गरिएको छ । साथै चित्रकला मूर्तिकला उपसमितिको संयोजकमा टीकाराम राई र सदस्य सचिवमा बुद्धिमान धिमाललाई चयन गरिएको छ । उपसमितिका संयोजकले चाँडै नै समिति पुरा गरी अवको वैठकमा वार्षिक कार्यक्रम तय गरिने उल्लेख छ । उपसमिति कम्तिमा ५ सदस्यीय हुनेछ ।

मुल समितिको अध्यक्षमा वीरध्वज शिवा, उपाध्यक्षमा अमीर राई, सचिवमा रोहित पराई, सहसचिवमा इन्दिरा गौतम, कोषाध्यक्षमा सरोजा खड्गी रहनु भएको छ । सदस्यमा, टीकाराम राई, देव गुरुङ, हरेन्द्र खत्री, प्रदीप आचार्य, सरोज तिम्सिना, देवेन्द्र वनेम र गणेश वाछना राई र कल्पना मिश्र रहेका छन् ।

नगरपालिकाले यो वर्ष भाषा संस्कृति शिर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।