विराटनगर । अपराध अनुसन्धानमा विशेष कौशल प्रदर्शन गरिरहेका असइ राजेन्द्र पासवानको बढुवा भएको छ । ठूला अपराधमा सुक्ष्म रुपमा अनुसन्धान गरी अपराधमा संलग्न पक्राउ गर्न सफल हुने असई पासवानको सइमा बढुवा भएको हो ।
बढुवा भएका पासवानलाई जिल्ला प्रहरी कार्यालय मोरङले एक कार्यक्रम आयोजना गरि दर्जा चिन्ह प्रदान गरेको छ । पासवानलाई दर्जा चिन्ह जिल्ला प्रहरी कार्यालय मोरङका निमिक्त प्रमुख तथा डिएसपी घनश्याम श्रेष्ठले प्रदान गरे । प्रहरी संगठनमा रहेर उत्कृष्ट काम गर्ने पासवानलाई बढुवा गरेकाे बताइएको छ ।

पासवानलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट काम गरेको भन्दै सम्मानसमेत गरेको थियो । ठूला अपराधमा सुक्ष्मरुपमा अनुसन्धान गरी अपराधमा संलग्न पक्राउ गर्न मद्धत पुर्याएका कारण उनलाई सम्मान गरिएको थियो । पासवनकोे सक्रियता र सफल अनुसन्धानकै कारण मोरङमा भएका अपराधमा संलग्नहरु चाँडो पक्राउ गर्दै आएका छन् ।

उनले पछिल्लो समय पूर्वमा भएका ठूला र जघन्य प्रकृतिका अपराधिक घटनाको सफल अनुसन्धान गरेका कारण उनी उच्च प्रहरी अधिकारीको नजरमा परेका थिए । पदीय हिसावले सानै जिम्मेवारीमा रहेका पासवानले गर्ने अनुसन्धान कुनै अनुभवी र अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी अधिकारी भन्दा कम नभएको प्रहरी अधिकारीहरु नै बताउने गरेका छन । 

जघन्य प्रकृतिका अपराध कर्तब्य ज्यान, ठगी, गोली प्रहार, लुटपाट लगायतका घटनाको सफल अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयको अभिलेखमा छ । पछिल्लो समय मोरङमा हत्या, ठगी, गोली प्रहार, लुटपाट, चोरी, बम विष्फोटका घटना भएको थियो । जसमध्धे विराटनगर महानगरपालिका बम बिस्फोटन गराउने गिरोहलाई पक्राउ गरेको श्रेय पनि उनलाई नै जान्छ ।