धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी शुक्रबार साँझ दुर्घटना भएको छ ।
कोशी राजमागृको जिरोपोईन्टबाट भानुचौक तर्फ आईरहेको को २० प २४६४ नं को मोटरसाईकललाई सोही दिसाबाट आईरहेको स ९ प २१९ नं को मोटरसाईकलले ठक्कर दिदा २ जना घाईते भएका प्रहरीले जनाएको छ ।
साँझ साढे ६ बजे भएको सो दुर्घटनामा परि ठक्कर दिने मोटरसाईकालका चालक ओखलढुङ्गाका जीतबहादुर मगर र पछाडी बसेका चन्दूकुमार राई घाईते भएका हुन । घाईते दुबैजनालाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । उनीहरुको अनुहारमा चोट लागेको बीपी प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ । तस्विरः भरतराज शर्माकाे फेसवुकबाट
धरानमा मोटरसाईकल दुर्घटना, दुई घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































