झापा / झापाको दमकस्थित गोरखा डिपार्टमेन्ट अगाडी भएको आज दिउसो भएको दुर्घटनाका बाबु छोराको मृत्यु भएको छ । एच्आर २७ जे ६२५ नम्बरको भारतीय ट्रकले मोटरसाइकललाइ ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार पथरी शनिश्चरे – ९ का ६५ वर्षिय धनप्रसाद गिरी र उनीसँग सवार २९ वर्षीय छोरा हेमचन्द्रको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले ठक्कर दिए पछि प्रहरीको भ्यानमा हालेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरिएको दमक प्रहरीले जानकारी दिएको छ ।
उनीहरू १३ प ७९४५ नम्बरको पल्सरमा सवार रहेको बताइएको टछ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।