भद्रपुर  / यतिवेला महिला हिंसाविरुद्धको अभियान चलिरहेको छ । महिलाको क्षेत्रमा काम गर्ने भनेर कम्मर कसेर लागेका महिला सञ्जालको १६ दिने अभियानलाई भने कृही पुरुषहरुले भने चुनौती दिई रहेका छन् ।
साविक जलथल गाविस ४ हाल हल्दीबारी गाउँपालिका ३ मा रहेको एउटा परिवारमा श्रीमानको कुटाईले श्रीमति प्राताडितछन् । सधै मादक पदार्थ सेवन गरेर दिनहुँ श्रीमतीलाई विगत १० बर्षदेखि यातान दिदैआएको पाइएको छ ।
मादक पदार्थ सेवनका कारण सहन नसकेर जेठी श्रीमतीले झुण्डीएर र विवाहित छोराले समेत आफनै शरीरमा आगो लगाएर आत्महत्या गरेको घटना पीडित ती महिलाले सुनाइन् । तीन छोरीमध्ये एउटीलाई जवरजस्ती करणी गरेको आरोपमा वावुले करिब एक वर्ष झापा कारागारमा कैद सजाय पाइसकेको छिमेकीको भनाइ छ । जेठी श्रीमतीको मृत्युपश्चात कान्छी श्रीमतीको रुपमा दश वर्षअघि भित्रिएकी ती महिला सोही दिनदेखी हिंसामा परेकी छन् । दैनिकजसो श्रीमानले मादक पदार्थ सेवन गरेर गाली गलौज तथा कुटपिट गर्दै आएको पीडितले बताएकी छन् । दुइ छोराकी आमा बनेकी उनलाइ दैनिक ज्वाँइको कुटाइले आजित भएको पीडितकी दिदीले बताइन् । वैनी ज्वाँइको हातमा धेरै सीप भएपनि रक्सीका कारण सधै तनाव हुने गरेको उनको भनाई छ । हालसम्म विवाह तथा छोराहरुको जन्म दर्ता नभएकोले वैनीको जीवन अन्यौल रहेको उनले सुनाइन् ।