रङ्गेली । राउण्ड टेबल नेपाल अन्तर्गतको विराटनगर सेन्ट्रल राउण्ड टेबल नं. १५ ले विराटनगरस्थित बाल मन्दिर विद्यालयलाई विभिन्न ४० हजार मूल्य बराबरको सरसफाइका सामान हस्तान्तरण गरेको छ । विद्यालयमा क्लबले एक कार्यक्रमको आयोजना गरी सामान हस्तातरण गरेको हो । राउण्ड टेबल अन्तर्राष्ट्रियका अध्यक्ष यान ट्रेवेनियर, राष्ट्रिय अध्यक्ष जयन्त अग्रवाल र टेवल १५ का अध्यक्ष रवि साहेवालाले संयुक्त रूपमा विद्यालयलाई सामान हस्तान्तरण गरेका थिए । उनीहरूले विद्यालयलाई ट्युवेल एक थान, फिल्टर ४ थान, फोहोर दानी २ थान साथै सरसफाइ सामग्री हस्तान्तरण गरेका थिए । बालबालिकालाई जुस र बिस्कुट तथा दिउँसको खाजा समेत उपलब्ध गराएको क्लबका सुमित गोयलले जानकारी दिए ।