 
धनकुटा । धनकुटामा चेपाङ समुदायको वर्तमान अवस्थाका बिषयमा एक पुस्तक बिमोचन गरिएको छ । अधिवक्ता ठगिन कुमार राईले लेखेको उक्त पुस्तक उच्च अदालत धनकुटा बेन्चका मुख्य न्यायधिश बिनोद शर्माले बिमोचन गरेका छन् ।पुस्तक बिमोचनमा धनकुटा बहुमुखि क्याम्पसका उप–प्राध्यापक रमेश लुईटेलले पुस्तकको बारेमा टिपणी गरेका थिए । १०४ पेजमा प्रकाशित उक्त पुस्तकमा लेखकले चेपाङ जातिहरुको परिचय, रितिरिवाज र वर्तमानअबस्थाको समेटेका छन् । चेपाङ समुदायहरु वर्तमान राजनिति र सामाजिक क्षेत्रमाकम सहभागिता रहेका र महिलाहरु अझकुनै क्षेत्रमा सहभागिता नरहेको पुस्तमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अदालतका न्यायधिश तथा बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 
                     
         
                                        
                                                                                                 
        






























