पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिका वडा न. ५ की स्थानीय भद्रमाया खड्काले बिजुली बत्ती बाल्न बिहान बेलुकाको छाक काटेर २६ सय रुपैयाँ बुझाइन् । गाउँघरमा बिजुली बत्ती बलेर झिलिमिली हुन्छ भन्ने थाहा पाउँदा उनि खुसि थिईन ।

१८ महिनामा बिजुली बल्छ भनेर १० प्रतिशले हुन आउँने रकम २६ सय बुझाएकी खड्का २ बर्ष पुग्न लाग्दा समेत विधुत बिस्तारको काम अलपत्र पर्दा निराश छिन् । नेपाल सरकारको दश, ९० को बिधुतिकरण अन्तरर्गत उपभोत्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशतको लगानीमा काम हुदै आएको कुम्मायक गाउँपालिकाको बिधुतिकरणको काम ठेकेदारको लापरभाहीका कारण सुस्त भएको छ । गाउँपालिकाको ४ वटा वडामा अहिले १५ करोडको लगानीमा बिधुतिकरणको काम हुदै आएको छ । गाउँपालिकाका दुई हजार घरधुरी बत्तीमुनिको अध्यारोमा बस्न बाध्य भएका छन । विधुत् सहकारी मार्फत उनिहरुले १५ करोडको १० प्रतिशत रकम यस अगाडी नै बिझाइसकेका छन ।
गाउँपालिकाको वडा न. १ मा २०७३ साल बैसाखबाट ५ करोड ५२ लाखको लगानीमा वाईवा कन्ट्रसनले बिधुतिकरणको काम गर्दै आएको छ । स्थानीयले कुल रकमको १० प्रतिशत रकम बुझाई सकेका छन । निर्माण कम्पनीले ५ सय धरधुरीलाई लक्षित गर्दै १८ महिना सम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
सम्झौता गरेको समय सकिन लाग्दा ४५ प्रतिशत मात्रै काम गरेको भन्दै स्थानीय अक्रोशित भएका छन । उनिहरुले निर्माण कम्पनीले कम गेजको तार ल्याएर कमिसन खान खोजेको आरोप समेत लगाएका छन । प्राबिधिक स्टमेट अनुसार निर्माण कम्पनीले १ हजार ४४ वटा पोल र ३ वटा ट्रान्सफर्मर जडान गर्नुपर्ने हुन्छ । तर आयोजनाको काम हचुवाको भरमा संचालन हुदा स्थानीय चिन्तित छन । सोही निर्माण कम्पनीले नै गाउँपालिकाको ३ र ४ नम्बर वडामा पनि बिधुत बिस्तरको काम सुस्त बनाएको छ ।
दुबै वडाका ९ सय घरधुरीलाई लक्षित गरि ५ करोड ५२ लाखको लगानीमा बिधुत बिस्तारको काम गर्दै आएको कम्पनीले पटक पटक म्याद थपगरिसकेको छ । १५ महिनाको समयअवधिमा आयोजनाको काम सम्पन गर्नुपर्ने वाइवा निर्माण कम्पनीले थप गरेको ६ महिनामा पनि ३० प्रतिशत मात्रै काम सम्पन्न गरेको रानिगाउँ बिधुत सहकारी संस्थाका अध्यक्ष तथा वडा न. ४ का वडा अध्यक्ष पुर्णकुमार खड्काले बताए । निर्माण कम्पनीलाई चाडो काम पुरा गर्न दबाव दिदा टसको मस नभएका कारण आफुपनि आजित भएको उनि बताउँछन् ।
यस्तै हालत छ । कुम्मायक गाउँपालिका वडा न. पाँचमा पनि । स्थानीयले बिधुत बाल्न प्रतिघरधुरी २६ सयका दरले १० प्रतिशत रकम जम्मा गरे तर अपेक्षा कृत काम नहुदा वडाबासी पनि पीडामा छन । वडाका ६ सय घरधुरीलाई लक्षित गर्दै आयोजनाको काम सुरु गरेको धुलिखेल निर्माण कम्पनी र त्रिपुरेश्वर निर्माण कम्पनी काठमाण्डौले आलटाल गर्दा बिधुत बिस्तारको काम अलपत्र अवस्थमा छ । पहिलो र दोस्रो दुई वटा ठेक्का सम्झौता गरि काम सुरु गरेको निर्माण कम्पनीले २ बर्ष बित्न लाग्दा समेत आयोजनाको काम नै सुस्त बनाएको छ ।
पहिलो ठेक्का एक करोड ५६ लाखमा लिएको त्रिपुरेश्वर निर्माण कम्पनीले २ बर्ष बित्न लाग्दा ६५ प्रतिशत मात्रै काम सम्पन गरेको छ । उस्ले १८ महिनामा आयोजनाको काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो । भने दोस्रो ठेक्का तीन करोड २८ लाखमा लिएको धुलिखेल निर्माण कम्पनीले एक बर्ष पछि काम थालेको थियो । अहिले सो निर्माण कम्पनीले १७ प्रतिशत काम गरेको छ । तोकीएको समयमा निर्माण कम्पनीले काम सम्पन गर्न नसकी रहेको अबस्थमा लापरभाही ढंगले काम गर्दै आएको भेटिएको छ । कम्पनीले ४० देखि ५० मिटर दुरीमा पोलिङ गर्नुपर्ने हुन्छ । तर त्यस्को बेवास्ता गर्दै ६० देखि सय मिटरको दुरिमा पोलिङ गर्दै आएको छ ।