बलिउड नायिका दीपिका पादुकोणको गर्धनमा बनेको ट्याटुले विभिन्न समयमा चर्चा पाउने गरेको छ । पछिल्लो समय उनको ट्याटुको चर्चा फ्रान्समा आयोजना भइरहेको कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा भयो ।

गुलाबी रङको पहिरनमा उनले आफ्नो कपाललाई हाइ बन बनाएकी थिइन् । जसका कारण उनको गर्धनमा भएको ट्याटुको अवस्था कस्तो छ भनी छर्लङ्गै देख्न सकिन्थ्यो । ट्याटु एकाएक गायब भएपछि धेरैले दीपिकाले यसलाई हटाएको हुनसक्ने अनुमान गरे ।

वास्तवमा, उनले उक्त ट्याटु नहटाई विशेष प्रकारको मेकअपले त्यसलाई छोपेको बताइएको छ ।