जनकपुर/भारतीय प्रधानमन्त्री नेपाल भ्रमणका क्रममा जनपुर आइपुगेका छन् ।
जनकपुर आएसँगै मोदीले रामजानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । त्यसलगत्तै जनकपुरका बाह्रविघा मैदानमा आयोजित एक कार्यक्रमकाबीच भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्द गरिएको थियो । अभिनन्दन पछि आफ्नो भनाइ राख्दै मोदीले नेपाल भारतबीच ‘पाँच टी’को सम्बन्ध रहेको बताएका छन् । ट्रेडिसन, ट्रेड, टुरिज्म, टेक्नोलोजी र ट्रान्सपोर्ट पाँच टी भएको भन्दै मोदीले नेपाल भारत यो शुत्रमा जोडिनुपर्नेमा जोड दिए ।
नेपाल भारतको सम्बन्ध व्यवहारिक मात्र नभएर आस्थामुखी भएको बताउँदै उनले भने, ‘हाम्रो सुख पनि समान छन्, चुनौती पनि समान छन् । हाम्रो आशा र अभिलाषा दुबै समान छन् । हाम्रो सपनाहरू समान छन्, तिनीहरुलाई पूरा गर्ने हाम्रो संकल्प समान छ, हाम्रो मन, मनसुवा र मन्जिल समान छ ।’
त्यसैक्रममा मोदीले मिथिलामा रहेकी जानकीमातालाई भेटी भन्दै ‘एक सय करोड’ रुपैयाँको सहयोगको पनि घोषणा गरेका छन् ।